काठमाडौंको मेयर उठ्न केशव स्थापितले दिए राजीनामा

नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। स्थापितलाई नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने निर्णय गरेको थियो।

स्थापितले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन्। उनी ०७४ मा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभा क्षेत्र (क) बाट चुनाव जितेका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।