काठमाडौं ११ वैशाख । आगामी वैशाख २९ र ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आज र भोलि दुई दिनका लागि उम्मेदवारी दर्ताको समयतालिका तोकेपछि देशका विभिन्न ठाउँमा उम्मेदवारी दर्ता सुरु भएको छ ।
दुई दिन उम्मेदवारी दिन पाउने भएपछि सत्ता गठबन्धन दलको तर्फबाट भने अधिकांश ठाउँमा भोलि उम्मेदवारी दर्ता हुने देखिएको छ ।
Comments