आज पनि घट्याे सुनकाे मूल्य

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतबारका लागि बजार मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार ९ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ भएको थियो।

चाँदी पनि घटेको छ। २५ रुपैयाँ घट्दा आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। गत शुक्रवार २५ रुपैयाँ बढ्दा प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबार प्रतिऔंस १८६४.७८ डलर रहेको सुन आइतबार १८५१.१० डलरमा कारोबार भइरहेको छ। यस्तै २२.३५ डलर रहेको चाँदी पनि २१.९३ डलरमा आइपुगेको छ।