काठमाडौं २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गरेका हुन् ।
संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेटबारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गरे । गण्डकी र बाग्मती प्रदेशमा साउन १ दखि इम्बोस्ड नम्बर प्लेट नलगाए कारवाही हुने भन्दै शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो । मन्त्री थापाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर मंसिरबाटै इम्बोस्ड नम्बर प्लेट जडानको लागि तालिका बनाए पनि अहिलेसम्म सबै यातायात कार्यालयमा काम नै सुरु नभएको बताए ।
‘प्लेट जडानको काम सुरु नभएकोमा ताकेता कार्यालयमा गर्ने कि नागरिकलाई तर्साउने ?’ थापाले प्रश्न गरे ।