काठमाडौं २ साउन
सेयर भर्नका लागि अबदेखि लाइन बस्नुपर्ने चलन पूर्ण रुपमा हटेको छ । प्राथमिक सेयर भर्दा लामो लाइन बस्न पर्ने झन्झट सँधैका लागि हटेको हो ।  नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि प्राथमिक सेयरमा आस्बा प्रणाली अनिवार्य गरेको छ ।
अब प्राथमिक सेयर भर्न नजिकको बैंकहरुमार्फत आस्बा प्रणालीबाट भर्न सकिने भएको छ । यसअघि, बाँडफाँड भइसकेपछि नपरेको सेयरको भुक्तानी लिनका लागि पनि लाइन नै बस्नुपर्ने बाध्यता थियो । तर, अब आफ्नो बैंक अकाउन्ट भएको बैंकमार्फत सेयर आवेदन दिन सकिनेछ भने आफूले आवेदन दिए बराबरको रकम बैंकमा रोक्का भएर बस्छ । बाँडफाँड भइसकेपछि नपरेको सेयरको रकम खातामै फुकुवा हुन्छ। 
 तर, खाता भएको बैंकमा सेयर आवेदनका लागि पुग्ने रकम नभएमा भने आवेदन नै रद्द हुन्छ ।
आस्बा प्रणालीबाट सेयर भर्दा नागरिकताको प्रतिलिपी र फोटो पनि आवश्यक पर्दैन । यसअघि नै आस्वा प्रणाली सञ्चालनमा आईसकेको भएपनि कतिपय लगानीकर्ताले भने लाइन बसेरै फर्म भर्दै आएका थिए ।
आस्बा प्रणाली मार्फत सेयर भर्दा कतिपय बैंकहरुले सित्तैमा फर्म भर्ने गरेका छन् भने कतिपयले १   रुपैयाँदेखि एक डेढ सयसम्म पनि लिने गरेका छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।