कलाकर्मी साहित्यकार तथा सन्चारकर्मी सम्मानित

काठमाडाैं । विभिन्न कलाकर्मी साहित्यकार तथा सन्चारकर्मी सम्मानित भएका छन् ।
सामाजिक संस्था फोकस नेपालको आयोजनामा शनिबार संस्थाको अध्यक्ष रामचन्द्र पोख्रेलको सभापतित्वमा नेपाल पर्यटन बोर्डमा पुर्ब न्यायाधीश तथा पुर्ब मन्त्री परिषद अध्यक्ष खिलाराज रेग्मिको प्रमुख आतिथ्य तथा बरिस्ठ साहित्य्कार तथा पुर्ब अर्थमन्त्री शङ्कर प्रसाद कोइराला र बरिस्ठ गायककार सिताराम पोख्रेलको आतिथ्यमा सम्पन्न नेपाल निर्माणमा सामाजिक संघ संस्थाको भुमिका विषयक कार्यक्रममा कलाकर्मी साहित्यकार तथा सन्चारकर्मीलाई सम्मान गरिएको हाे ।
कार्यक्रममा २०४८ सालदेखि रेडियो नेपाल प्रवेश गर्दै रेडियो नाटक आफ्नो मार्फत कलाको ढाेका खोल्दै त्यतिबेलाका नेपाल टेलिभिजन बाट प्रसारित चर्चित सिरियल हिजो आजका कुरा तितो सत्य जिरे खुर्सानी मेरि बास्यै भद्रगोल गोलमाल हुँदै कान्तिपुर टिभि बाट प्रसारित रिसानी माफ देखि अहिलेका चर्चित सिरियल सक्किगोनी कान्छी भुन्टिको साथमा धेरै सिरियल खेलिसकेका र ठुलाे पर्दाका चलचित्रहरु बिर्खेलाई चिन्छस लुकामारी पर्व जात्रै जात्रा लगायत २७ भन्दा बढि फिल्म खेलिसकेका हास्य कलाकार रोहित कार्की पनि सम्मानित भएका छन् ।
कार्यक्रमकाे दोस्रो चरणमा बिबिध साँस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे थियो । जसमा शिव कैलास कला केन्द्र झरना कला केन्द्र स्टार कलिउड कला केन्द्रहरुको बिभिन्न कल्चर झल्किने नृत्यको साथमा दिपक जोसिको जोसिलो गायन सँगै कार्यक्रम समापन भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।