दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिएको लौरो सुनको नभएकाे पुष्टि

काठमाडौं। दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपहार दिएको लौरो सुनको नभएको पाइएकाे छ ।
राजकुमार मोक्तुमले प्रसाईंलाई आज झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए। उक्त लाैराे सुनकाे भनेर मिडियामा आएपनि सुनकाे नभएकाे पाइएकाे हाे । लौरो प्राप्त भएपछि यस विषयमा बुझ्दा उक्त उपहार सुनको नभएको जानकारी प्राप्त भएको पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन् ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझ्दा सुनको जलप लगाइएको लौरो भएको जानकारी प्राप्त भएको उनकाे भनाई छ ।