काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी जसरी पनि ब्याजदर बढाउने पक्षमा उभिएका छन् । पटक–पटक ब्याजदर वृद्धिको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका उनले पुनः दोहोर्याएका छन् ।
प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताएका छन् । ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’ उनले भने ।
चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए । प्रोत्साहन प्याकेज ल्याएका विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताएका छन् ।