काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको बताएका छन् । बिहीबार संसदीय विशेष छानबिन समितिलाई दिएको बयानमा शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नै नभएको बताएका हुन् ।
उनले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी पनि आफूलाई नहुने बताएका छन् । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ रु के हुन्छ त्यो बारे मलाइ केही जानकारी हुँदैन ।’ उनले भने ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानबिन समितिले बिहीबार पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो ।
Comments







