ठूलो दुर्घटनाबाट बच्यो ७९ यात्रु बोकेर काठमाडौं आउँदै गरेको श्री एयरलाइन्स

काठमाडौं । ७९ यात्रु बोकेर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको श्री एयरको एक विमान ठूलो दुर्घटनाबाट बचेको छ । शौचालयबाट धुवाँ निस्किएपछि उक्त विमान पुनः नेपालगन्ज नै फर्किएको थियो ।

आज विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

जहाज अवतरण भइसकेपछि पनि जहाजबाट धुवाँ निस्किएको देखिएको थियो । इन्जिन बन्द गरेपछि धुवाँ रोकिएको थियो । जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ