काठमाडौं । अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीन र ताइवानबीचको तनाव झनै बढेर गएको छ । तनाव बढ्दै जाँदा युद्धको खतरा समेत बढेर गएको छ ।
चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्रास सृजना भएको छ । बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै एक चीन नीतिको उल्लंघन गरेको भन्दै चीन आक्रामक बनेको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ । चीनले ताइवानलाई आफ्नो भूमि मान्ने गरेको छ । सोही भूमिमा अमेरिकी सभामुखको विवादस्पद भ्रमण भएको हो ।
Comments