अनि अदालतकै गेट अगाडी यसरी भयाे चाेरी….(फाेटाेफिचरसहित)

काठमाडाैं । अदालतकै गेट अगाडि त्याे पनि काठमाडाैंमा सिसि क्यामेराकाे अगाडि चाेरी भयाे भन्दा अनाैठाे लाग्छ सक्छ । तर, अनाैंठाे लागे पनि घटना भने सत्य हाे ।
काठमाडाैं जिल्ला अदालत अगाडि पार्किङमा राखिएकाे एउटा हेलमेट सिसि क्यामेराकै अगाडि चाेरी भएकाे छ । हेलमेट चाेरि भएपछि सुरेशमान सिंहले चाेरी गर्ने व्यक्तिहरूले हेलमेट लाँदै गरेकाे सिसि क्यामेराकाे फुटेज फेसबुकमार्फत सार्वजनिक गर्दै अदालतकाे सुरक्षा इकाईमा बुझाउन भनेका छन् ।
सिसि क्यामेरामा देखिएकाे फुटेज अनुसार दुई जना माक्स नलगाएका व्यक्ति गेट आसपास घुमिरहेका हुन्छन् । पछि त्यसमध्ये एक जनाले हेलमेट बाेकेर हिडेकाे देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा ती व्यक्तीहरूले अरू पनि घटना घटाएकाे हुन सक्ने र भविष्यमा पनि गम्भीर खालका घटना घटाउन सक्ने भन्दै कडा कारबाही गर्न माग गरिएकाे छ ।