मिटरब्याजीबाट पिडितहरूले माइतिघरमा धर्ना दिएका छन् । पिडितहरू नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिएका छन् । मिटरब्याज पीडित अहिले पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् । त्यहीँबाट दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् । जुन क्रम दुई सातायता चलिरहेको छ ।
सरकार भने पिडितका माग सम्बाेधन गर्न बेवास्ता गरिरहेकाे पाइएकाे छ । पिडकलाई कानुनी कारबाही गर्नेमा पनि सरकार सक्रिय नभएकाे पाइएकाे छ ।
अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् ।  उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको करिब २ हप्ता हुन लागिसक्यो तर केही मिटर पर रहेको सिंहदरबारले भने उनीहरुको माग सम्बोधन गरेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।