काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा माओवादी केन्द्रको पार्टीको चुनाव चिन्ह्र गोलाकारभित्रको हसिया हतौडामा चुनाव लड्ने भएको छ ।
माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले बाबुराम र बामदेवको पार्टीलाई आफनो पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न दिने गरी सहमति दिने निर्णय समेत गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णवहादुर महराले बामदेवको पार्टी र बाबुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी स्थायी समिति बैठकले अनुमोदन गरेको जानकारी दिएका छन् ।
यो निर्णयसँगै आजै दिउँसो २ बजे निर्वाचन आयोग पुगेर माओवादी, नेपाल समाजवादी पार्टी र बामदेवको पार्टीले निर्वाचन आयोगलाइ जानकारी गराउनेछन् ।
Comments






