दशैं लागेसँगै धेरै एटीएम ‘आउट अफ सर्भिस’, इन्टरनेट बैंकिङमा पनि समस्या

काठमाडौं । दशैंकाे बैंकका धेरै एटिएम नचलेकाे पाइएकाे छ। कतिपय बैंककाे इन्टरनेट बैंकिङमा समेत समस्या देखिएकाे छ । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटीएमहरू नचल्दा सर्वसाधरण भने समस्यामा परेका छन् ।
बैंकहरुले एटीएममा समयमा नगद नराख्दा र तथा एटीएम मर्मत नगर्दा चाडवाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको हाे । बैंककाे लापरबाही भन्दै सर्वसाधरण रुष्ट छन् ।