डोटी केन्द्रविन्दु बनाई आएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे र १ जना उद्धार गर्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भाेला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते रहेका र तिनीहरूकाे उपचारका लागि अस्पताल ल्याइएकाे भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीयसहितकाे टाेलीले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।