सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाइ सुनुवाइ गर्ने भएको छ।

अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने प्रबन्ध मिलाउने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको हो।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११३ बमोजिम गठित मुद्दा व्यवस्थापन समितिको सिफारिसबमोजिम यही कात्तिक १६ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले उक्त निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिवेदनको सुनुवाइ हप्ताको एक दिन शुक्रबार मात्र हुने गरेको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।