नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।

पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ लाख सीसी विज्ञापनभन्दा बढी छ । त्यस्तै कर्जा चुक्ता गर्न नआए लिलामी प्रक्रियामा लैजाने बारेका १ हजार ५०० सूचना प्रकाशित भएका छन् । ती सूचनाको हिस्सा पनि करीब डेढ लाख सीसी विज्ञापन बराबर रहेको ुमाइन्डस नेपालुको तथ्याङ्कले देखाउँछ ।

असोजमा बैंक तथा वित्तीय संस्थाहरूबाट १०० भन्दा कम लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ११ हजार ३०० सीसी रहेको थियो । तर, कात्तिकमा एकै पटक ३०६ ओटा लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ३५ हजार ५८७ सीसी विज्ञापन थियो । जुन अघिल्लो महीनाको तुलनामा ३ गुणाले बढी हो ।

मंसिरमा पनि लिलामीका सूचनामा बाढी नै आयो । मंसिरमा यो संख्या बढेर ३४६ पुग्यो, जसको हिस्सा ४० हजार ८१० सीसी विज्ञापन बराबर थियो ।-आर्थिक अभियान

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।