काठमाडौं : सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो । यसअघि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।