Wednesday, September 23, 2026
23.1 C
Kathmandu
Home अर्थ खबर ग्लोबल आइएमई बैंक र बीओकेको सेयर कारोबार आजबाट नहुने

ग्लोबल आइएमई बैंक र बीओकेको सेयर कारोबार आजबाट नहुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले आज पुस २५ गतेदेखि मर्जर निर्देशिकाबमोजिम दुवै बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। दुवै बैंकको सेयर कारोबार अब बढीमा १५ दिनका लागि रोकिनेछ।

दुवै बैंक सञ्चालक समितिको पुस २० गते बसेको बैठकले रोक्का राख्ने निर्णय गरेको थियो। योसँगै ग्लोबल आइएमईले गत पुस २१ गते र बैंक अफ काठमाण्डूले पुस २२ गते नेप्सेमा पत्र पठाउँदै सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेका थिए।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रक्रिया सकिएर यही पुस २५ गतेबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुँदैछ। दुवै बैंक १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।