कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यसबाहेक, बैंकले लगानीकर्तालाई २ प्रतिशतका दरले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आज बिहान बसेको कम्पनीको १ हजार औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।