काठमाडाैं । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेकाे छ । ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिएकाे छ । नयाँ सरकार निर्माणसँगै हरियाली छाएको शेयर बजारका ब्याजदर घटेसँगै थप हरियाली छाउने भएकाे हाे ।
बजार लगभग १८०० को आसपास रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको थियो । उनी प्रधानमन्त्री भएको तीन साता नपुग्दै बजारले ४०० अंकको फड्को मारिसकेको छ ।
प्रचण्ड नेतृत्वको सरकारको स्वागतमा हरियाली बनेको सेयर बजार पछिल्लो निर्णयसँगै थप प्रभावित हुनेछ । राष्ट्र बैंकले बजारमा एकैपटक ५० अर्ब पैसा रिपोमार्फत पठाएपछि र चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेपछि बजारमा थप प्रभाव परेको थियो ।
प्रधानमन्त्री र अर्थमन्त्री पुँजि बजारप्रति सकरात्मक देखिएका छन् भने आर्थिक सुचक पनि क्रमश सुधार हुँदै गएकाे छ ।
बैंककाे ब्याजदर घट्दा सेयर बजारमा यस्तो पर्नसक्छ प्रभाव
Comments







