लाेकसरी कुँवर
आजकल महिला नै गलत छन् । राम्रा केटा त देख्नै हुन्न, फसाइहाल्छन् भन्ने ठूलो आरोप जो रैच । अनि सुन्न, बुझ्न मन लाको यस बारेमा ।

अनि नि अरू पनि प्रश्न छन् मेरा;
– यदि तपाईंले कुनै पुरुष फसाउनु भाको छैन भने महिलाले फसाउछ्न् भन्ने मनोविज्ञान चाहिँ कताबाट पलायो ?

– जस्तो रङ्गको चस्मा लायो संसार त्यस्तै देखिने हैन र ? तपाईं गलत भयो भन्दैमा यो धर्तीका सबै महिला गलत हुन्छन् ?

– अनि बलात्कार, यौन सम्बन्ध भन्ने कुरा त एकान्त, गोप्य ठाउँमै हुने हैन र ? दुई जनाबिच सहमति, असहमतिमा हुने यस्तो सम्बन्ध बारे तपाईं तेस्रो व्यक्तिलाई कसरी थाहा भो नि, केटीले नै फसाको हो भन्ने ?

– केटीले बलात्कार भो भन्छ । केटाले हैन भन्छ । अनि केटीकै कुरामा मात्रै अविश्वास गर्नु पर्ने, उसैमाथि मात्रै प्रश्न गर्नु पर्ने वरदान चाहिँ तपाईंलाई कुन भगवानले दिनुभएको ?

र, छातीमा हात राखेर, तामातुलसी छोएर, आमाबुबा छोराछोरीको कसम खाएर भन्नुस् त, यदि तपाईंले कुनै पुरुष फसाको छैन भने अरू महिला, किशोरी, बालिकाले फसायो भन्ने हिम्मत कसरी आयो तपाईंमा ??

त्यसैले खासमा तपाईं पनि बलात्कारी हो । तपाईंले धेरै पुरुषलाई बलात्कार गर्न लालायित गर्नुभएको छ, फसाउनुभएको छ । तपाईंलाई बलात्कार गर्न प्रेरित गरेको आरोपमा जेलमा कोचियोस् । -फेसबुकबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।