काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालमा पनि कमिशनको आधारमा सामान किनबेच हुने गरेको खुलेको छ ।
संसद भवन अगाडी आफ्नै शरिरमा आगो छर्किएर आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आचार्यले डाबर नेपालमा पनि कमिशनबारे खुलासा गरेका हुन् ।
उनले डाबर नेपालको फ्याक्ट्री बाराबाट घ्यू सप्लाई गर्दा खुलेआम कमिशन मागेको खुलाएका छन् ।
उनले डाबर जस्तो बहुराष्ट्रिय कम्पनीले भुक्तानी दिन महिनौं लगाउने र त्यो पनि अपूरो नगद भुक्तानी गर्ने गरेको पनि खुलाएका छन् । यस्तो छ उनले आत्मदाह प्रयास अगाडी सामाजिक सञ्जालमा लेखेको लामो लेखको अंश
Comments