काठमाडाैं । आज माघ १६ गते सहिद दिवस, सहिदहरूप्रति भाव सम्मान गर्ने दिन पनि हाे । आजकाे दिन सार्वजनिक बिदा हाे कि हैन त ? धेरैकाे मनमा याे प्रश्न उठेकाे हुनसक्छ। सामाजिक सञ्जाललगायतमा यस विषयमा चासाे धेरैले चासाे राखेकाे पाइएकाे छ ।

सरकारले आजकाे दिनलाई राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने दिवसकाे रूपमा राखेकाे छ । यसाे हुँदा आज राष्ट्रिय दिवस भए पनि सार्वजनिक बिदा भने छैन । आज कार्यालयहरू खुल्नेछन् । यसअघि पुस २७ गते राष्ट्रिय मेलमिलाप दिवसका दसन भने मन्त्रीपरिषदले नै निर्णय गरी सार्वजनिक बिदा दिएकाे थियाे । उक्त दिवस पनि यस्तै प्रकृतिकाे दिवस थियाे ।

यद्यपि, कतिपय स्थानिय तहले भने आजकाे दिनलाई निर्णय गरि सार्वजनिक बिदा पनि दिएकाे पाइएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।