काठमाडौं । शहिद दिवसको दिन आज एक स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले शहिद दिवस मनाउनका लागि सार्वजनिक बिदा दिएको हो ।
‘सोमबारका दिन यस म्याङलुङ नगरपालिका र मातहतका वडा कार्यालय, शिक्षण संस्था तथा नगरपालिका अन्तर्गत स्वास्थ्य संस्था लगायतमा १ दिन स्थानीय बिदा दिने निर्णय भएको सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । नगरप्रमुखद्धारा जारी सूचनामा भनिएको छ ।
Comments