काठमाडौँ — सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् ।
मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको जानकारी दिए ।
मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । त्यस्तै नयाँ बसपार्कभित्रको विवाद समाधान गर्न काठमाडौं महानगर, मजदुर र बसपार्क व्यवस्थापकबीच मन्त्रालयले समन्वय गर्ने सहमति भएको गौतमले जानकारी दिए ।
सरकारसँगको वार्तापछि मंगलबारको बन्द फिर्ता
Comments