दाबी नपुगेको भन्दै पल शाहले पाए सफाई

काठमाडाैं । उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको छ। बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका हुन्।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट उनले सफाइ पाएका हुन्।

उच्च अदालतले सफाइ दिएको पत्र नवलपुर जिल्ला अदालतलाई पठाउनेछ। त्यसपछि जिल्ला अदालतले कारागारलाई पत्र लेखेपछि उनी जेलमुक्त हुनेछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।