काठमाडौँ । ७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि काठमाडौंमा आज आकस्मिक अवतरण गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए ।
Comments








