काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनले माघ १९ गते कीर्तिमानी मूल्य कायम गरेको थियो । उक्त मितिमा सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।

तर, त्यसयता सुनको मूल्य निरन्तर घटेर कारोबारमा आइरहेको छ । आज फागुन २४ गतेसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा माघ १९ गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यसअनुसार उक्त मूल्य नेपाली बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो ।

यस्तै, उक्त मितिमा चाँदीको मूल्य तोलामा १ हजार ३९५ रुपैयाँ कायम थियो । तर, त्यसयता निरन्तर मूल्य घट्दै १ हजार २२५ रुपैयाँमा आइपुगेको छ । यस अवधिमा चाँदीको मूल्य तोलामा १७० रुपैयाँ घटेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।