काठमाडौँ । पछिल्लो समय सुनको भाउ बढ्दो छ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो ।

यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।