काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बारे औपचारिक निर्णय गर्दै छ । कांग्रेसले आजको कार्यसम्पादन बैठक र संसदीय दलको बैठकमा यसबारे आफ्नो औपचारिक निर्णय गर्न लागेको हो ।

कांग्रेसले बिहान साढे १० बजेदेखि कार्यसम्पादन बैठक र १२ बजे संसदीय दलको बैठकमा सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बारे आफ्नो औपचारिक निर्णय गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । दुवै बैठकबाट सरकारमा सहभागी पठाउने मन्त्री बारे निर्णय गरिने प्रवक्ता महतले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।