अमेरिकाको चर्चित टेलिभिजन फक्स न्युजले गलत समाचार प्रसारण गरेको विषयमा ७९ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा फक्स न्युजले भोटिङ मेसिन कम्पनी डोमिनियनबारे भ्रामक समाचार प्रसारण गरेको पुष्टि भएको हो ।

जब अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव हार्दै थिए, तब ट्रम्पलाई हराउन डोमिनियन भोटिङ मेसिनमा गडबडी गरिएको भन्दै फक्स टीभीमा समाचार सम्प्रेषण भएको थियो ।

त्यसपछि डोमिनियन कम्पनीले फक्स च्यानलविरुद्ध मानहानिको मुद्दा दर्ता गराएको थियो । यतिबेला फक्स टीभीले डोमिनियन कम्पनीलाई ७८ दशमलब ७५ करोड अमेरिकी डलर क्षतिपूर्तिको रूपमा तिर्नुपर्ने भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।