संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । आइतबार बिहानबाट सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । उनका अनुसार सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदी थुनिएको ठाउँ खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।