एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार भोलि आजकै स्थितिबाट युएईको (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ।
भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।
सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।
Comments







