काठमाडौँ १२ जेठ २०८० ।पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद्‍ अवरुद्ध पारे । उनले पशुपतिमा लगाइएको जलहरीमा भ्रष्टाचार भएको विषय उल्लेख गरेका थिए ।

आफ्नो नेता र पार्टीमाथि भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै एमालेले बैठक कार्यसूचीमा प्रवेश नै गर्न दिएन । त्यसपछि सभामुखले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त अवधिपछि पनि बैठक संचालन हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक सारिएको थियो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।