अफगानिस्तानमा तालिबान सरकारले महिलाको स्वतन्त्रतामा अर्को प्रतिबन्ध लगाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबान सरकारले एक महिनाभित्र ब्युटी पार्लर बन्द गर्न आदेश दिएको छ । यो आदेश अफगानिस्तानको नैतिकता मन्त्रालयले जारी गरेको हो ।

तालिबान सरकारका प्रवक्ता मोहम्मद सादिक अकिफले ब्युटी पार्लर बन्द गर्ने समयसीमा एक महिना तोकिएको बताएका छन् । ‘एकपटक यी पार्लर बन्द भएपछि हामी यसको कारण पनि बताउनेछौँ’, उनले भने ।

तालिबानले छात्राहरूलाई विद्यालय तथा विश्वविद्यालय जान, महिलाहरूलाई काम गर्न तथा पार्क र जिम जान पनि प्रतिबन्ध लगाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।