काठमडाैं २० असार । नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ।

सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको हाे । धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णयमा पुगेकाे आयाेजनाले जनाएकाे छ ।
गत जेठमा सुरूङभित्र ढुंगा-बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो। तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको जनाईएकाे छ।

२०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।