Thursday, October 15, 2026
17 C
Kathmandu
Home मुख्य समाचार कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु पर्दैन : गृहमन्त्री श्रेष्ठ

कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु पर्दैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका छन्। उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्। ललिता निवास प्रकरणको अनुसन्धान तीव्र बनिरहेका बेला उनले त्यस्तो आग्रह गरेका हुन्।

यस्तो छ ट्विटरमा उनले व्यक्त गरेको विचार
देश र जनताको हित बिरुध्द आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते ,ठगि ,भ्रष्टाचार , संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन । दोषी र अपराधी लाई भने छुट हुनेछैन ।
अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन ।त्यस्तो अपेक्षा नगरौं ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।