सय किलाे सुन समात्ने ढुंगाना- प्रचण्डको निजि सचिवलाई राजस्वमा लगेको भनेर भएको थियो आलोचना

काठमाडौं ४ साउन । राजस्व अनुसन्धान विभागका प्रमुख सहसचिव नवराज ढुंगाना गत १२ असारमा मात्र सरुवा भएर विभाग पुगेका थिए । विभागमा सरुवा हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पिएलाई पठाएको भन्दै आलोचना भएको थियो ।

२०७९ पुसमा उनी प्रधानमन्त्रीका निजि सचिव नियुक्त भएका थिए । विभागका प्रमुख नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय झिकाएर ढुंगानालाई प्रधानमन्त्री मातहत रहेको विभागको प्रमुख बनाएको तीन साता नबित्दै अहिलेसम्मकै ठूलो मात्रामा हिजो बुधबार सुन बरामद भएको हो ।

अहिले उनै ढुंगानाको नेतृत्व र सक्रियतामा सुन बरामद भएपनि हिजो उनको सरुवाको समयमा भने आलोचना खेप्नु परेको थियो । प्रधानमन्त्रीले आफ्नो पिएलाई विभागको प्रमुख बनाएर अनवाश्यक चलखेल गर्न खोजेको भन्दै विरोध भएको थियो । सामाजिक सञ्चालमा प्रधानमन्त्रीको समेत विरोध गरिएको थियो । ढुंगानाले तीन साता नबित्दै भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिदैं गर्दा करिब सय किलो सुन बरामद गर्न सफल भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ढुंगानाले बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।