काठमाडौं ४ साउन । त्रिभवन अन्तरािष्ट्रय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि विमानस्थल भन्सार कार्यालयमाथि गम्भीर किसिमको प्रश्न उठेको छ । सर्वसाधरणले बेल्ट र पर्ससमेत खोतल्ने विमानस्थलबाट एक सय केजी सुन कसरी बाहिरियो भनेर प्रश्न गरेका छन् ।
कतिपयले भन्सार विभाग प्रमुखलाई नै हिरासतमा राखेर कारबाही गर्न माग समेत गरको छन् ।
तत्काल विमानस्थल सुरक्षा प्रमुख, अध्यागमन प्रमुख र विमानस्थल भन्सार प्रमुख लाई हिरासत मा राखेर अनुसन्धान गरियोस अन्यथा गृहमन्त्री माथि पनि शंका उत्पन्न हुनेछ, प्रकाश पाण्डेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
दिया चन्दले पनि बेल्ट र पर्ससमेत खोतल्ने र दुई वटा मोबाइल ल्याउँदा समेत खोस्ने विमानस्थलमा यत्रो सुन आउँदा कसरी थाहा नभएको भनेर प्रश्न गरेकी छिन् ।
Comments







