काठमाडौं १० साउन । ‘केटीलाई भालु किन भनिएकाे हाेला भनेर’ लाेकसेवा तयारी सम्बन्धी किताब लेख्ने वन मन्त्रालयका कर्मचारीलाई तत्काल कारबाही गर्न संसदमा आवाज उठेको छ । सांसद इश्वरी घर्तीमगरले यस्तो लेख्ने वन मन्त्रालयका कर्मचारी रामएकल दासलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेकी छिन् । यस्तो शब्दले नेपाल र संसारभर बस्ने आमा दिदीबहिनीहरुको गम्भीर आघात पुगेको उनले बताइन् (हेर्नुहोस् भिडियो)
Comments