काठमाडौँ १० साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको विषयलाई लिएर संसद अवरोध गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । हालै सरकारले सय केजी सुन बरामद गरी १६ जनालाई पक्राउ गरेर छानबिन गरिरहेको छ । एमालेले भने सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
संसदमा एमालेका संसदहरुले नाराबाजी गर्दै वेल घेरेका थिए । सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।
Comments







