काठमाडौं : साताको पहिलो दिन सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहेको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव स्थानीय बजारमा पनि पर्ने गरेको छ ।