सप्तकोशीमा खतराकाे तहमा पानीको बहाव, ५६ वटै ढोका खोलियो

काठमाडौं २९ साउन । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा माथि पुगेको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बिहानबाट पानीको सतह केही घट्न थालेको छ । ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

अत्यधिक बहाव भएपनि कोशी ब्यारेजका संरचना सुरक्षित रहेको र तटबन्ध लगायतका संरचनामा पनि अहिलेसम्म कुनै ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।