केही दिनदेखिकाे अविरल वर्षाका कारण मुलुकभरकाे जनजीवन प्रभावित भएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको हुँदा नेपालकाे माैसम सामान्यदेखि पूर्णतया बदली रहेकाे माैसमविद्ले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आझ दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सातवटै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकीसहित सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।