काठमाडौँ । नेकपा एमालेले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न सकेन ।
बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए । तर त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको हो ।
यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताएका थिए ।
Comments