काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा तत्काल तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाले आफूहरुको सहभागिता बिनै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै तत्काल कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले कसैलाई पनि आफूहरुको आवश्यकता नपरेकाले अहिले तत्काल पार्टीले कसैको पक्ष नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

९३ सदस्यीय कोशी प्रदेशसमा एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।