काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपयाँ कायम भएको छ ।

बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९ हजार रुपैयाँमा तेजावी सुन र १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।