भुटानी शरणार्थी प्रकरणको अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण निक्कै लामो उचारचढावसँगै राजनीतिक शक्तिको प्रयोग गरी आज मिति २०८० मंसिर २९ गते छुट्न सफल भए । यसको एक फेरिस्त नै छ –

चिनारी

काे हुन् उनी

बालकृष्ण खाँड सत्तारुढ नेपाली कांग्रेसका नेता हुन् । उनी २०७८ असार २९ देखि २०७९ पुष ११ सम्म गृहमन्त्री भए । उनलाई कांग्रेसका प्रभावशाली नेताका रुपमा लिइन्छ । सभापति शेरबहादुर देउवा निकटका उनी नेता हुन् ।

वैशाख २७, २०८०

पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण चाबहिलस्थित आफ्नै निवासबाट पक्राउ ।

१० जेठ २०८०

मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले खाँणसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर ।

जेठ २०८०

खाँण निलम्बन गर्न मागदेखि सडक प्रदर्शनसम्म

खाँण निलम्बन गर्न कांग्रेसभित्र चर्को आवाज उठ्यो । निलम्बन गर्न माग गर्दै नेविसंघले सडक प्रदर्शन गर्यो । कांग्रेस केन्द्रीय समितिको बैठकमै उनलाई निलम्बन गर्न कुरो उठ्यो । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न नसकिने चेतावनी समेत दिए । तर, उनको कहिल्यै सदस्यता निलम्बन भएन । देउवाले जोगाई नै राखे । तस्बीरः अनलाइनखबर

१ असार २०८०

थुनामा

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश । तस्बीर: नेपाल बहस

असाेज २०८०

न्यायाधिसमाथि प्रहार

नक्कली शरणार्थी प्रकरणका आरोपितहरू थुनामा पठाउनुपर्ने आदेश गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई काठमाडौंबाट रुकुमकोट जिल्ला अदालतमा सरुवा । कांग्रेसका नेताहरुको दबावमा उनको सरुवा भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना । तस्बीरः अनलाइनखबर

भदाैं २०८०

अख्तियारकाे छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु । सम्पत्ति शुद्धिकरण विभागद्धारा पनि अनुसन्धान ।

२ भदौं २०८०

प्रहरी अधिकारी सरूवाकाे तयारी

राजनीतिक दबाबका कारण काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्ने तयारी ।

२ भदौं २०८०

एआईजीको सरुवा

भुटानी शरणार्थी प्रकरणमा महत्वपूर्ण भूमिका खेलिरहेका श्याम ज्ञवालीसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा । कांग्रेस सभापति शेरबहादुर देउवाले ज्ञवालीको सरुवा गर्न दबाब दिँदै आएका थिए ।

२०८० भदौ ४

अन्ततः छानबिनमा संलग्न अधिकारीहरुलाई हटाइयो

अन्ततः भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका दुई एसएसपी सरूवा भयो । दुलाल र भण्डारीमाथि फेरि अनुसन्धान हुने भएपछि प्रहरी सरूवा गर्न प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब रहँदै आएको थियो ।

२०८० मंसिर १५

न्यायाधिशकै दुई थरी मत

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राखिराख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत, पाटनका दुई न्यायाधीशको राय बाझियो । पुर्पक्षका लागि थुनामा रहेकाहरूले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलमध्ये न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटी मागेर थुनामुक्त गर्नुपर्ने राय दिएकोमा अर्का न्यायाधीश प्रकाश खरेलले जिल्ला अदालत, काठमाडौंबाट भएको आदेश स्वाभाविक देखिएकाले खाँणलाई थुनामा राख्नुपर्ने राय दिए- त्यसपछि स्वतः उक्त मुद्दा तेस्रो न्यायाधिसकोमा ।

२८ मंसिर २०८०

खाँणलाई छोड्न आदेश

यसअघि दुई न्यायाधीशको राय बाझिएकोमा न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख धरौटीमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्नुपर्ने आदेश दिए ।

२०८० मंसिर २९ 

लामाे चलखेलपछि छुटे खाँण

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल बसेर अनेकौं उतारचढावसँगै छुटे । जिल्ला अदालतमा ३० लाख रुपैयाँको बैंक ग्यारेण्टी बुझाएर केन्द्रीय कारागार जगन्नाथदेवलबाट उनी छुटेका हुन् । उनी जेलबाट छुटे पनि मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी छ ।

२०८० मंसिर २९ 

सम्पत्ति शुद्धीकरण र अख्तियारको अनुसन्धान जारी

कारागारबाट छुटेपछि उनलाई सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँको बैंक ग्यारेण्टी धरौटी राखेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भने साधारण तारेखमा छाडेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।